६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आफैँले रेल किन्ने, के पुरा होला त ओलीको सपना ?



अ+ अ-

काठमाडौं । जयनगर–कुर्था (३५ कि.मी) दुरीमा चलाउने रेल नेपाल आफैँले किन्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारले आफ्रनै लागानीमा भारतसँग एक सेट रेल किनेर नेपाल भित्र्याउन लागिएको हो ।

हाल साईकलको गतिमा चल्ने रेललाई बिस्थापित गरेर नयाँ रेल किन्ने प्रस्ताव नेपाल रेलवे विभागले भारत सरकार समक्ष पठाइ सकिएको छ। बिभागको अनुसार सरकारको निर्णय अनुसार नै तत्कालका लागि एक सेट रेल किन्न प्रस्ताव पठाईएको हो ।

यसअघि पुस पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न भनेर पचास करोड रूपैयाँ बजेट छुट्टाई सकेको छ । दुई सेट रेल किन्न झन्डै १ अर्ब लाग्ने भए पनि सरकारले पहिलो चरणमा आधा रकम छुट्याएको हो।

हाल भारतसँग भाडामा रेल लिएर चलाउने तयारी सरकारले अगाडि बढाए पनि प्रधानमन्त्री केपी शर्मा ओली रेल किन्ने पक्षमा उभिएका थिए।