६ आश्विन २०८१, आईतवार
,
Latest
रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै प्रहरीलाई गृहमन्त्रीको निर्देशन: सहकारी प्रतिवेदन तत्काल कार्यन्वयन गर मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो ‘अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि घटाऔँ, रमाइलोमा सिमित नगरौँ’: सांसदहरु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग



अ+ अ-

वासिङटन । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उहाँको मृत्यु भएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ । वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आउनुभएको छ ।

वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । उहाँ घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया जानुभएको थियो । उत्तर कोरियाली अधिकारीहरुले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए । उत्तर कोरियाबाट अचेत ९कोमा० अवस्थामा अमेरिका फर्किएलगत्तै उहाँको जुन २०१७ मा मृत्यु भएको थियो ।

पाँच दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो । वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाब शिखरमा पुगेको थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाबको अवस्था सिर्जना भएको थियो ।

अदालतबाट भएको आदेशले साङ्केतिक विजय मात्र भएको दर्शाउँछ किनभने उत्तर कोरियाले अदालतमा आफ्नो पक्ष राखेको छैन । अदालतको आदेश बमोजिमको क्षतिपूर्ति दिलाउन अहिल्यै सम्भव देखिन्न । तर अदालतको आदेशका कारण वाम्बियरका परिवारजनका लागि क्षतिपूर्ति रकम अमेरिकी सरकारबाटै प्राप्त गर्ने बाटो खुलेको छ । साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गर्न सकिनेछ । रासस