१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामाथि पाँच करोड डलर क्षतिपूर्ति माग



अ+ अ-

वासिङटन । अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग पाँच करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ । अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उहाँको मृत्यु भएको थियो ।

अमेरिकी जिल्ला न्यायाधीश बेरिल हावेलले दिएको आदेशमा वाम्बियरको मृत्यु हुनुमा कोरिया नै दोषी देखिएको उल्लेख छ । वाम्बियरका बाबुआमाले उत्तर कोरियामा वाम्बियरलाई पक्राउ गरी चरम यातना दिइएको दाबी गर्दै आउनुभएको छ ।

वाम्बियर भर्जिनिया विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो । उहाँ घुम्नका लागि साथीहरुसँगै उत्तर कोरिया जानुभएको थियो । उत्तर कोरियाली अधिकारीहरुले प्रचार सामग्री चोरेको अभियोगमा मार्च २०१६ मा पक्राउ गरी वाम्बियरलाई १५ वर्षको जेल सजाय दिएका थिए । उत्तर कोरियाबाट अचेत ९कोमा० अवस्थामा अमेरिका फर्किएलगत्तै उहाँको जुन २०१७ मा मृत्यु भएको थियो ।

पाँच दिनको उत्तर कोरिया भ्रमणमा जानुअघि वाम्बियरको स्वास्थ्य अवस्था राम्रो थियो । वाम्बियरको मृत्यु हुँदाताका अमेरिका र उत्तर कोरियाबीचको तनाब शिखरमा पुगेको थियो । खासगरी उत्तर कोरियाली आणविक तथा क्षेप्यास्त्र प्रणालीको विकासका कारण दुबै मुलुकबीच तनाबको अवस्था सिर्जना भएको थियो ।

अदालतबाट भएको आदेशले साङ्केतिक विजय मात्र भएको दर्शाउँछ किनभने उत्तर कोरियाले अदालतमा आफ्नो पक्ष राखेको छैन । अदालतको आदेश बमोजिमको क्षतिपूर्ति दिलाउन अहिल्यै सम्भव देखिन्न । तर अदालतको आदेशका कारण वाम्बियरका परिवारजनका लागि क्षतिपूर्ति रकम अमेरिकी सरकारबाटै प्राप्त गर्ने बाटो खुलेको छ । साथै, अदालतले तोकिए बमोजिमको रकम अन्य देशमा रहेका उत्तर कोरियाली बैंक खाताबाट जफत गर्न सकिनेछ । रासस