१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिभागीय टिमको फितलो प्रदर्शन, रियल म्याड्रिड कल्बको जस्तै पतन हुन सुरु



अ+ अ-

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा छ पटकको लिग विजेता नेपाल पुलिसले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

विसं २०१२, २०१३, २०६३, २०६६, २०६७ र २०६८ सालको विजेता टोली जारी लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । जारी लिगमा पुलिस चारमा जित, तीनमा बराबरी र तीनमा हार बेहोर्दै तालिकाको छैटौँ स्थानमा छ । कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी पचाएको पुलिस पछिल्ला वर्षमा कमजोर बन्दै गएको हो ।

पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उकृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताउनुभयो । “ठूलो क्लबले राष्ट्रिय टोलीका साथै विदेशी खेलाडी तथा प्रशिक्षक क्लबमा ल्याउन थाले, हाम्रोमा भएका केही राम्रा खेलाडीलाई पनि जोगाउन सकिएन र क्लब कमजोर बन्दै गयो ।”
त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको त्रिभुवन आर्मी र शसस्त्र प्रहरीले पनि जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन् । राष्ट्रिय टोलीका खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लबले पनि जारी लिगमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन ।

उद्घाटन खेलमा तालिकाको पुछारमा रहेको एनआरटीसँग बराबरी खेलेको आर्मीले पछिल्ला खेलहरूमा जित निकाले पनि १० औँ चरणमा एपिएफसँग पराजित भएपछि आर्मी पनि उपाधि होडबाट बाहिरियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्ला वर्षहरू आर्मीको खेलमा सुधार आएको दाबी गर्नुभयो ।

“आर्मीलाई यसअघि पावर गेम खेल्थ्यो भन्ने अरोपबाट मुक्त गराएको छु, जारी लिगको उद्घाटन खेलमा कमजोर टोलीसँग बराबरी र एपिएफसँगको नसोचेको पराजयपछि उपाधि होडबाट बाहिरियौँ”, उहाँले भन्नुभयो ।