२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनगढी विमानस्थलमा उडान बन्द



अ+ अ-

धनगढी । धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताउनुभयो ।

धावन मार्गको करीब २५० मिटर लामो भागमा चिरा परेको र केही भाग धस्सिएकाले मर्मत गर्नुपरेको उहाँले जानकारी दिनुभयो । साँझ ६ बजेपछि भने निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढी–काठमाडौँ उडान गर्ने जनाइएको छ ।

नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन काठमाडौँ–धनगढीको उडान भर्दै आएको थियो । यस्तै निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ–धनगढीसम्म दैनिक दुई र सौर्य एयरलायन्सले पनि काठमाडौँ–धनगढीसम्म दैनिक दुई उडान भर्दै आएको थियो ।

कम ‘भिजिविलिटी’ भएको अवस्थामा पनि उडान भर्न सक्ने बुद्ध एयरले मर्मतसम्भारका समयमा पनि साँझ हवाइ सेवा दिन लागेको जनाइएको छ ।

दैनिक झण्डै ६०० यात्रु यो विमानस्थलबाट काठमाडौँ धनगढी आवागमन गर्दै आएका छन् । लामो धावनमार्ग भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिकोे दोस्रो धनगढी विमानस्थल स्तरोन्नति भइरहेको हो । रासस