२७ मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचनपछि नेपालमा किसान, गोठला र खेतालाको सरकार बन्नेछ: अध्यक्ष साम्पाङ विद्यार्थीद्वारा जीवन उपयोगी ‘रोर्बट’ र ‘एप’ प्रदर्शन एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ दलहरू संविधान जोगाउनेतर्फ केन्द्रित हुनुपर्छ-देवप्रसाद गुरुङ प्रधानमन्त्रीद्वारा एनपिएल विजेतालाई बधाई जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत् महसुल काउण्टर नहुँदा सास्ती



अ+ अ-

बैतडी । सदरमुकाम गोठलापानी र पाटनबाहेक जिल्लाका अन्य स्थानमा विद्युत् महसुल काउण्टर नहुँदा बैतडीका ग्रामीण क्षेत्रका नागरिकलाई महशूल बुझाउन सास्ती हुने गरेको छ । ग्रामीण क्षेत्रमा नागरिक विद्युत् महसुल तिर्नकै लागि हजार बढी रुपैयाँ खर्च गर्न बाध्य भएका छन् ।

जिल्लाका विभिन्न स्थानका नागरिकले ८० रुपैयाँ विद्युत्को बिल तिर्न दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । महसुल तिर्नका लागि सदरमुकाम र पाटनमा मात्रै व्यवस्था भएकाले महसुल तिर्नका लागि निकै झण्झट हुने गरेको डिलाशैनी गाउँपालिका गोकुलेश्वरका हरिशनाथले बताउनुभयो ।

बैतडी सदरमुकामसम्म आवतजावत गर्न, खाना खर्चसहित ८० रुपैयाँ बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने नाथले बताउनुभयो । जिल्लाको डिलाशैनी, दोगडाकेदार, पाटन नगरपालिका–१० सुर्नया गाउँपालिकाका विभिन्न स्थानका नागरिकहरुले विद्युत बिल तिर्नका लागि दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

विद्युत् महसुल काउण्टर नजिक नभएकाले सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको सुर्नया गाउँपालिका–५ का दिपेन्द्रबहादुर बिष्टको गुनासो रहेको छ । विद्युत् महसुल सङ्कलनका लागि स्थानीयस्तरमै काउण्टर सञ्चालन गर्ने कुनै योजना नरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो ।

महसुल काउण्टर स्थापनाका लागि प्राधिकरणको केन्द्रीय कार्यालयले मात्रै स्थापना गर्ने बताइएको छ । दुर्गम ठाउँका सेवाग्राहीका लागि तीन महीनाको एकैचोटी रिडिङ गर्ने र न्यूनतम शुल्क लिने गरी महसुल सङ्कलन गर्ने गरिएको छ उहाँले उहाँले भन्नुभयो,“सुरक्षा, भौगोलिक विकटता र कर्मचारीको अभावमा तत्कालै महसुल काउन्टर स्थापना हुने सम्भावना न्यून छ ।” महसुल तिर्नका लागि झण्झट भएको उपभोक्ताको गुनासो आए पनि जिल्लास्तरबाट कुनै पहल गर्न सकिएको छैन् । रासस