५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित



अ+ अ-

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)  का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो ।

अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको प्रविधि सङ्कायका प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक मात्रामा जनशक्ति हुँदा मात्रै कार्यक्रम प्रभावित हुँदैन ।”

प्रतिष्ठानले सोझै करारमा कर्मचारी नियुक्ति गर्न नमिल्दा कर्मचारीको अभाव भोग्नु परिरहेको हो । लोकसेवा आयोगले नै कर्मचारी नियुक्ति गर्ने हुँदा यहाँको सेवा आयोगले कर्मचारी नियुक्त गर्न पाएको छैन ।

प्रतिष्ठानले प्रदेशस्तरमा समेत शाखा खोल्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “त्यसका लागि पनि पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको खाँचो पर्छ ।” प्रतिष्ठानले विज्ञान र प्रविधिको नयाँ-नयाँ खोजी र अनुसन्धान गर्दै सफल भएका प्रविधि स्थानीयस्तरमा हस्तान्तरण गर्दै आएको छ । रासस