२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नास्टमा जनशक्ति अभावले कार्यक्रम प्रभावित



अ+ अ-

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)  का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो ।

अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् । झण्डै २० जना थप जनशक्ति आवश्यक भएको प्रविधि सङ्कायका प्रमुख इञ्जिनीयर डा रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक मात्रामा जनशक्ति हुँदा मात्रै कार्यक्रम प्रभावित हुँदैन ।”

प्रतिष्ठानले सोझै करारमा कर्मचारी नियुक्ति गर्न नमिल्दा कर्मचारीको अभाव भोग्नु परिरहेको हो । लोकसेवा आयोगले नै कर्मचारी नियुक्ति गर्ने हुँदा यहाँको सेवा आयोगले कर्मचारी नियुक्त गर्न पाएको छैन ।

प्रतिष्ठानले प्रदेशस्तरमा समेत शाखा खोल्ने योजना बनाएको छ । उहाँले भन्नुभयो, “त्यसका लागि पनि पर्याप्त मात्रामा प्राविधिक जनशक्तिको खाँचो पर्छ ।” प्रतिष्ठानले विज्ञान र प्रविधिको नयाँ-नयाँ खोजी र अनुसन्धान गर्दै सफल भएका प्रविधि स्थानीयस्तरमा हस्तान्तरण गर्दै आएको छ । रासस