२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-


काठमाडौँ । नेपाल राष्ट्रिय तथा तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्ने एनएनआइपिए अवार्डको लागि आर्दश समाज विकास केन्द्रले रु एक लाख प्रदान गर्ने भएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र विकास केन्द्रकी अध्यक्ष सपना लामाले तीन वर्षका लागि वार्षिक एक लाखको दरले प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौता अनुसार केन्द्रले एनएनआइपिए पत्रकारिता पुरस्कार रु २५ हजारसहित अन्य व्यवस्थापनका लागि कार्यक्रम प्रायोजना गर्नेछ । एनएनआइपिए स्पोर्ट्स अवार्ड ललितपुर सङ्ग्रहालयमा हुँदैछ ।

सोही अवसरमा राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले आयोजना गरेको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक÷एक पुरुष÷महिला खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गरिनेछ ।

तिनै २९ खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीको चयन गरिनेछ । सो अवसरमा एक पाका खेलाडीलाई ‘गजराज जोशी आदर्श खेलाडी अवार्ड तथा एक खेल पत्रकारलाई ‘एनएनआइपिए खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिनेछ । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले उक्त अवार्ड कार्यक्रमको आयोजना गर्ने गरेको सङ्घका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । रासस