५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दलले देशभरका युवालाई रोजगारी दिने



अ+ अ-

भक्तपुर । नेपाल तरुण दलका महासचिव एवं नेपाली काङ्ग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले देशभरका युवालाई रोजगारी दिने गरी देशव्यापी अभियान शुरु गर्न लागेको बताउनुभएको छ ।

आज मध्यपुरथिमि राधेराधे चोकमा आयोजित कार्यक्रममा उहाँले नेपाल तरुण दलले अब देशव्यापी अभियान शुरु गर्ने भएको बताउनुभयो । महासचिव शाहीले भन्नुभयो, “आगामी माघ महीनादेखि उपत्यकालगायत देशको सातवटै प्रदेशमा ‘उद्यमशील युवा सिर्जनशील युवा’ अभियान शुरु गर्न लागिएको छ, यसका लागि देशका सफल र ठूला उद्योगी व्यवसयीसँग तरुण दलले छलफल गरिरहेको छ ।” पहिलो चरणमा देशभरका १० हजार युवालाई उद्यमी बनाउने उद्देश्य छ । उहाँले व्यवसायमा सफल हुने सूत्रसहित युवालाई उद्यम र व्यवसायमा लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बेरोजगार समस्या हटाउने दायित्व राज्यको हो तर अहिले युवा आफैँ व्यवसायी बन्न थालेका छन्, युवा आफैँ उर्जनशील भएर काम गर्नु सबैको लागि प्रेरणादायी हो ।” उहाँले नेपाली काङ्ग्रेसको महासमिति बैठकले काङ्ग्रेस पार्टीभित्रको विवाद र समस्या समाधान गर्न सफल भएको बताउँदै काङ्ग्रेस अब एक ढिक्का भएर अगाडि जाने बताउनुभयो ।

सो अवसरमा महासचिव शाहीले युवा व्यवसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु ४० लाखको लगानीको बर्गर हाउसको शुभारम्भ गर्नुभयो । हाउसका निर्देशक राकेश श्रेष्ठले उपत्यकाका १० ठाउँमा यसको शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न लागेको बताउनुभयो । रासस