२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध स्वयम्भू महाचैत्य संरक्षणको महत्वपूर्ण कार्य प्रारम्भ रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा आणविक कार्यक्रमबाट ‘पछि नहट्ने’ उत्तर कोरियाको भनाइ रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी सीमा विवाद कुटनीतिक ढंगले टुंग्याउँछौँ, संयन्त्रहरुले काम गरिरहेका छन्ः परराष्ट्रमन्त्री खनाल केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली केराको बोट सुक्न थालेपछि किसान चिन्तित
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयबासीको बिरोधपछि भारतले भत्कायो दशगजाको सडक



अ+ अ-

विराटनगर । नेपाल-भारत सन्धिको उल्घंन गर्दे भारतको बिहार सरकारले एकतर्फि रुपमा बनाएको सडक भत्काउन थालिएको छ । मोरङका स्थानिबासीले दशगजा वरपर भारतले बनाएको सडकको काम रोकेपछि मंगलबार विहानबाट सडक भत्काउन थालेको हो ।

कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न भारतिय पक्षले मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर बल जफतिमा सडक निमार्ण सुरु गरेकाले स्थानीयको बिरोध पछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको स्थानिय बासीहरुले जानकारी दिएका छन् ।

मोरङ प्रशासनको अनुसार दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । तर प्रशासनको आग्रहपछि भारतीय सीमा सुरक्षा बल एसएसबीस“ग समन्वय गरी विहान ९ बजेदेखि सडक भत्काउने काम भएको प्रशासनले जनाएको छ ।

भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।