२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयबासीको बिरोधपछि भारतले भत्कायो दशगजाको सडक



अ+ अ-

विराटनगर । नेपाल-भारत सन्धिको उल्घंन गर्दे भारतको बिहार सरकारले एकतर्फि रुपमा बनाएको सडक भत्काउन थालिएको छ । मोरङका स्थानिबासीले दशगजा वरपर भारतले बनाएको सडकको काम रोकेपछि मंगलबार विहानबाट सडक भत्काउन थालेको हो ।

कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीका दुई गाउँ जोड्न भारतिय पक्षले मोरङको जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा क्षेत्रमा सडक निर्माण सुरु गरेको थियो । दशगजा मिचेर बल जफतिमा सडक निमार्ण सुरु गरेकाले स्थानीयको बिरोध पछि गल्ती स्वीकार गर्दै भारतीय पक्षले भत्काउन थालेको स्थानिय बासीहरुले जानकारी दिएका छन् ।

मोरङ प्रशासनको अनुसार दशगजा मिचेर करिब ३ सय मिटर सडक निर्माणका लागि माटो थुपारिएको थियो । तर प्रशासनको आग्रहपछि भारतीय सीमा सुरक्षा बल एसएसबीस“ग समन्वय गरी विहान ९ बजेदेखि सडक भत्काउने काम भएको प्रशासनले जनाएको छ ।

भारतीय बिहारका विधायक मनचन केशरीको विधायक फण्डबाट उक्त सडक निर्माणसुरु गरिएको थियो । दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा करिब ३ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।