• ४ आश्विन २०८०, बिहीबार
  •      Thu Sep 21 2023
  •   Unicode
Logo
Latest
★   सरकार र आन्दोलनरत शिक्षकबीचको दोस्रो वार्ता निष्कर्षविहीन ★   पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान ★   नेपाल पाकिस्तानसँग पराजित ★   गोपालदास पत्रकारिता पुरस्कार शर्मालाई ★   प्रधान सेनापति आइतबार नयाँ दिल्ली जानुुहुँदै ★   साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात ★   शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’ ★   श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय ★   सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने ★   मानवताले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु



अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार अर्का व्यक्ति गम्भीर घाइते भएको छन् । 

जगातीबाट सूर्यविनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नं को टिपरले सूर्यविनायकबाट जगातीतर्फ जाँदै     गरेको बा५७ प३११३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा राजारानी घर भई हाल ललितपुर कुसुन्ती बस्ने २४ वर्षीय अशिम लिम्बुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । 
    
दुर्घटनामा गम्भीर घाइते स्कुटर पछाडि सवार ललितपुर पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जनको डा इवामुरा अस्पताल, सल्लाघारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिएण्डबी अस्पताल पठाएको उहाँले जानकारी दिनुभयो । 
    
दुर्घटनापछि फरार टिपर चालक दाङ घोराही–२ रामपुर घर भई हाल काठमाडौँ माछापोखरी बस्ने ३१ वर्षीय किरण कुँवर योगीलाई प्रहरीले थिमिको राधेराधेबाट नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।