५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ कांग्रेस सभापतिमा न्यौपाने र आलेबीच प्रतिस्पर्धा



अ+ अ-

दमौलीः तनहुँमा शनिबार पार्टीको जिल्ला कार्यसमिति चयनका लागि मतदान हुँदैछ । 

सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट जिल्ला सभापति रहेका बैकुण्ठनाथ न्यौपानेले फेरि सभापति पदमै दोहोरिन उम्मेदवारी दिएका छन् भने संस्थापन समूहको समर्थनमा कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आले चुनावी मैदानमा उत्रिएका छन् ।

दुवैले जिल्ला कार्यसमितिको निर्वाचनका लागि प्यानल नै बनाएर अघि बढेका छन् । दुबै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

न्यौपाने तनहुँको व्यास नगरपालिका प्रमुख पनि हुन् । नगरप्रमुखमा निर्वाचित भएपछि उनले आलेलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका दिए ।

न्यौपानेलाई वरिष्ठ नेता पौडेल र अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलको साथ छ भने आले लामो राजनैतिक विरासत बोकेको परिवारका सदस्य हुनुका साथै केन्द्रीय सदस्यहरू शंकर भण्डारी, गोविन्द भट्टराई तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन छ ।