३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

सन् २०१८ का अनौठा यि विश्व कीर्तिमान

सन् २०१८ का अनौठा यि विश्व कीर्तिमान
अ+ अ-

गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफूलाई दर्ज गर्नका लागि मानिसहरु केसम्म गर्न पछि पर्दैनन् रु जो कोहीले पनि विश्व कीर्तिमानी बन्नका लागि कुनै कसर बाँकी राख्ने कुरै भएन ।

यो वर्ष सन् २०१८ मा पनि दुनियाँमा कैयन् मानिसहरुले अनेक खालका नयाँ कृत्य गरेर वा आफ्नो अनौठो खुबीका कारण गिनिज बुकमा नाम लेखाउन सफल भए । तीमध्येका केही रोचक विश्व कीर्तिमान यस्ता छन्ः

· विश्वमा सबैभन्दा लामो खुट्टा भएकी महिलाको कीर्तिमान रुसकी एकातेरिना लिसिनाले राखेकी छिन् । उनको बायाँ खुट्टाको लम्बाई १३२.८ सेमी र दायाँ खुट्टाको लम्बाई १३२.२ सेमी छ ।

· यो दुनियाँमा लामा परेलाका कारण पनि मान्छेले कीर्तिमान राखेका छन् । चीनकी यू जियांक्सिया विश्वमा सबैभन्दा लामा परेला भएकी महिला हुन् । उनका परेलाको लम्बाई सन् २०१६ मै १२.४ सेमी थियो, जुन अहिले झनै लामो भएका छन् ।

· अमेरिकाकी आयना विलियम विश्वमा सबैभन्दा लामो नङ भएकी महिला हुन् । उनको सबैभन्दा लामो नङको लम्बाई १०.९ इन्च छ ।

· तपाइँलाई कसैले मुखले बेलुन फुलाउन दियो भने एकदुईवटा फुलाएरै थाक्नुहुनछ होला । तर अमेरिकाको कोलोराडोमा बस्ने हन्टर इवनले चाहीँ आफ्नो मुखले लगातार ९ सय १० वटा बेलुन फुकेर विश्व कीर्तिमान राखेका छन् ।

· अमेरिकाका बेनी हार्लेमले सबैभन्दा अग्लो कपालको जुरो बनाएर विश्व कीर्तिमान कायम गरे । उनको कपालको जूरोको उचाई ५२ सेन्टिमिटर छ ।

· पालो ग्याब्रियल र सिल्भा बोरास विश्वका सबैभन्दा होचो कदका दम्पत्ति हुन् । दुबैको उचाई जोड्ने हो भने जम्मा १८१।४१ सेन्टिमिटर छ । उनीहरुले सन् २०१६ मा बिहे गरेका थिए ।

· बेल्जियमका एकजना इन्जिनियर जेफ पिटर्सले विश्वकै सबैभन्दा गह्रौँ साइकल बनाएर विश्व किर्तिमान कायम गरेका छन् । उनले बनाएको साइकल ८ सय ६० किलोको छ ।

· अमेरिकाका जिम एरिंगटन विश्वमा सबैभन्दा वृद्ध बडी विल्डर हुन् । उनको उमेर ८४ वर्षको छ । उनी पछिल्लो ७० वर्षदेखि लगातार बडी विल्डिङ प्रतियोगितामा भिड्दै आएका छन् ।

एजेन्सी