६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्ड १७८ रनमै अलआउट, श्रीलंकाले पनि गुमायो चार विकेट



अ+ अ-

काठमाडौं । दोस्रो तथा अन्तिम टेष्ट क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्ध कमजोर खेल खेलेको छ । क्राइष्ट चर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङमा सबै विकेटको क्षतिमा १७८ रन बनाएको हो ।

न्युजिल्यान्डका लागि टिम साउथी र ब्राड्ली जोहन वाटलिङले बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो खेल प्रदर्शन गर्न नसेकोले मध्यम स्कोर मात्रै खडा गरेको हो । साउथीले ६८ रन बनाए भने वाटलिङले ४६ रन बनाउनु बाहेक अरु सबै खेलाडि सस्तैमा समेटिएका थिए ।

श्रीलंकाका लागि सुुरंगा लकमलले १९ ओभर बलिङ गर्दै पाँच मेडन ओभर राखेर ५४ रन खर्चिदै पाँच विकेट लिन सफल mिएका थिए भने लाहिरु कुमराले तीन विकेट लिएका हुन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्दै आफ्नो पहिलो इनिङ्सको ब्याटिङ थालेको श्रीलंकाको पनि हालत उस्तै भएको छ । पहिलो दिनको समाप्तिसम्म श्रीलंकाले आफ्नो महत्वपूर्ण चार विकेट गुमाउँदा ८८ रन मात्रै बनाएको छ ।