१३ भाद्र २०८३, शनिबार
,
Latest
नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्ड १७८ रनमै अलआउट, श्रीलंकाले पनि गुमायो चार विकेट



अ+ अ-

काठमाडौं । दोस्रो तथा अन्तिम टेष्ट क्रिकेट खेलमा घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्ध कमजोर खेल खेलेको छ । क्राइष्ट चर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङमा सबै विकेटको क्षतिमा १७८ रन बनाएको हो ।

न्युजिल्यान्डका लागि टिम साउथी र ब्राड्ली जोहन वाटलिङले बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो खेल प्रदर्शन गर्न नसेकोले मध्यम स्कोर मात्रै खडा गरेको हो । साउथीले ६८ रन बनाए भने वाटलिङले ४६ रन बनाउनु बाहेक अरु सबै खेलाडि सस्तैमा समेटिएका थिए ।

श्रीलंकाका लागि सुुरंगा लकमलले १९ ओभर बलिङ गर्दै पाँच मेडन ओभर राखेर ५४ रन खर्चिदै पाँच विकेट लिन सफल mिएका थिए भने लाहिरु कुमराले तीन विकेट लिएका हुन् ।

न्युजिल्यान्डलाई सस्तैमा समेट्दै आफ्नो पहिलो इनिङ्सको ब्याटिङ थालेको श्रीलंकाको पनि हालत उस्तै भएको छ । पहिलो दिनको समाप्तिसम्म श्रीलंकाले आफ्नो महत्वपूर्ण चार विकेट गुमाउँदा ८८ रन मात्रै बनाएको छ ।