२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु



अ+ अ-

बेइजिङ । बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो ।

उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९।३० बजे भएको थियो ।

घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो । आगो नियन्त्रण गर्न झण्डै एक घण्टा लागेको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको अनुसन्धान थालेका छन् ।