• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

सप्तरीमा ७ वर्षकी बालिका बलात्कृत, युवक पक्राउ



सप्तरी । सप्तरीमा सात बर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।  प्रकाउ पर्नेमा अग्निसाइर कृष्णासावरण गाउँपालिका १ जण्डौल बस्ने २० बर्षीय सुन्दरकुमार सदा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपित सदाले घरमा कोही नभएको बेलामा बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेका हुन् ।

सदालाई इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको टोलीले आजै नियन्त्रणमा लिएको थियो । पीडित बालिकाको संवेदनशील अङ्गबाट अत्यधिक रक्तश्राव भइरहेकोले बालिकाको उपचारका लागि धरान लगिएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।