५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १०औं महाधिवेशन: बन्द सत्र सुरु



अ+ अ-

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।  निर्धारित समय भन्दा झण्डै ६ घण्टा ढिलो सुरु भएको बन्दसत्र अध्यक्ष केपी शर्मा ओलीले  र  एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने  कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली केहीबेर अगाडि बन्दसत्र स्थल सौराहास्थित होटल सेभेन स्टारमा पुग्नु भएको छ ।  बन्दसत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्नेछ ।

गत असोजमा ललितपुरको गोदावरीमा गरिएको विधान शंसोधनलाई पुनः  शंसोधन गर्दै पदाधिकारी सहित पोलिटव्युरो र केन्द्रीय सदस्यहरुको संख्या थप गर्ने निर्णय गरेको थियो । आजै  उम्मेदवारी मनोनयनको  कार्यतालीका समेत रहेको छ ।