२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको १०औं महाधिवेशन: बन्द सत्र सुरु



अ+ अ-

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।  निर्धारित समय भन्दा झण्डै ६ घण्टा ढिलो सुरु भएको बन्दसत्र अध्यक्ष केपी शर्मा ओलीले  र  एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने  कार्यक्रम रहेको छ ।

अध्यक्ष ओली केहीबेर अगाडि बन्दसत्र स्थल सौराहास्थित होटल सेभेन स्टारमा पुग्नु भएको छ ।  बन्दसत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्नेछ ।

गत असोजमा ललितपुरको गोदावरीमा गरिएको विधान शंसोधनलाई पुनः  शंसोधन गर्दै पदाधिकारी सहित पोलिटव्युरो र केन्द्रीय सदस्यहरुको संख्या थप गर्ने निर्णय गरेको थियो । आजै  उम्मेदवारी मनोनयनको  कार्यतालीका समेत रहेको छ ।