• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

सहयोगका लागि मिर्गौला पीडितको आग्रह



हेटौँडा । मिर्गौलाको उपचार गराइरहेकी हेटौँडा उपमहानगरपालिका–१२, गुम्बाटोल पदमपोखरीकी विमला स्याङ्तानले आफ्नो उपचारमा सहयोगको अपेक्षा गर्दै आज यहाँ पत्रकार सम्मेलन गर्नुभएको छ ।

विसं २०६९ देखि दुवै मिर्गौलाले काम गर्न छाडेको उनको केही समय अघिदेखि डायलाइसिस गराउन थालिएको हो । उपचार गराउँदा गराउँदै हालसम्म करीब रु १८ लाख खर्च भएको र थप उपचारमा समस्या भएको उहाँले बताउनुभयो ।

दुई छोरा र एक छोरीकी आमा ४२ वर्षीया स्याङ्तानलाई श्रीमान्ले बेवास्ता गरेपछि उपचार र घरव्यवहार दुवैतिरको भार छ । भीमफेदी गाउँपालिका ९साविक इपापञ्चकन्या गाविस–२०, का सूर्यबहादुर स्याङ्तानसँग विवाह गरी तीन सन्तानकी आमा बन्नुभएको उहाँ अहिले रोग र अभावसँग एकैसाथ जुध्दै हुनुहुन्छ । एकातिर आफ्नो ज्यान रोगी, अर्कोतिर परिवारको आर्थिक भार । विमलाको मिर्गौलामा समस्या देखिएको थाहा भएर केही वर्षपछि उनको श्रीमान्ले उहाँलाई छोडेका थिए ।

उहाँका अनुसार विगत चार वर्षदेखि श्रीमान् सम्पर्कविहीन छन् । विमला हाल पदमपोखरीस्थित आफ्नो माइती घरमा छोराछोरीसहित बस्दै आउनुभएको छ । सरकारले निःशुल्क डायलाइसिस गराए पनि रगत, अस्पताल आवतजावत जस्ता अन्य खर्चका लागि आम्दानीको स्रोत नहुँदा उहाँलाई समस्या छ । “डायलाइसिसको लागि सरकारले निःशुल्क गराएको छ, अस्पताल (चितवन) आउनजान र अरु खर्चको लागि पनि धेरै गाह्रो भइरहेको छ”, विमलाकी छोरी ज्योतिले भन्नुभयो ।

विमलालाई सहयोग गर्न चाहनेले उहाँको उपचारको लागि नेपाल बैंकमा ज्योति स्याङ्तानको नाममा रहेको ०२५०११०६६०८४७००००००१ खातामा रकम जम्मा गर्न या उहाँको बारेमा बुझ्न चाहनेले उनको छोरी ज्योतिलाई ९८०४२४३९१३ मा सम्पर्क गर्न आग्रह गरिएकोछ । रासस