• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते ★   तीन करोड ५७ लाखमा पक्की पुल निर्माण ★   सीतापाइलास्थित कल्भर्टमा कार खस्दा चालकको मृत्यु ★   ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध ★   पुन: वामपन्थी एकताको प्रक्रियातिर अघि बढिसक्यौँ: प्रधानमन्त्री ★   काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण ★   मदन भण्डारीको ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै ★   अध्यक्षमा माधव र घनश्यामबीच प्रतिस्पर्धा निश्चित ★   म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण ★   बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

नेपाली सरहकै नागरिकता चाहियो : एनआरएन



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) नेपाली नागरिक सरह नागरिकता दिलाउन आग्रह गरेका छन् । विद्यमान कानुनले गैर आवासीय नेपाली नागरिकहरुको अधिकार कटौती गरेकोले सुधार गरेर अगाडि बढ्न पहल गरेका छन् ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिक सरह नागरिकता पाउने कानुनी व्यवस्था गर्न संघीय संसद र सरकार दुवैलाई आग्रह गरेका हुन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘उनले राष्ट्र निर्माण गर्ने अभियानमा आफूहरुलाई पनि सहभागी गराउन अपिल समेत गरेका छन् । उनले नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको बिधेयको छलफलमा गैर आवासीय नेपाली नागरिकलाई पनि नेपाली नागरिक सरह नागरिकता लिन पाउने व्यवस्था गर्न संघीय संसद र सरकारको ध्यानाकर्षण गराए ।

उनले गैर आवासीय नेपालीहरु राष्ट्र निर्माणको अभियानमा प्रतिवद्ध रहेको हातेमाले गरेर अगाडि बढ्न सुझाव समेत दिएका छन् ।

एनआरएनका अध्यक्ष भवन भट्टले पनि गैर आवासीय नेपालीहरु नेपाललाई समृद्ध बनाउन प्रतिवद्ध रहेकोे उल्लेख गर्दै त्यसमा शंका नगर्न समितिका सदस्यहरुलाई आग्रह गरे । उनले नेपालको समृद्धिको अभियानमा गैर आवासीय नेपालीहरु सहयोगको दायरा बढाउन अझै क्रियाशील भएर लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले गैर आवासीय नेपालीलाई सम्बन्धित देशकै नेपाली दुतावासबाट नागरिकता लिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले गैर आवासीय नेपालीहरुको भावी पुस्ताले पनि नेपाली नागरिकता पाउने व्यवस्था गर्न सरकारले अप्ठयारो मान्न नहुने धारणा पनि राखे ।

विधेयकमा गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार हुने गरी नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्ने प्रस्ताव गरिएको छ ।