![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।
बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दुई खेल अगावै उपाधिमाथि आफ्नो कब्जा जमाएको हो ।
लिगमा मनाङले खेलेका सबै खेलमा जित हासिल गर्दै इतिहास रचेको छ । उसले ११ खेलमा सबै खेल जित्दै ३३ अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको संकटाको २५ अंक छ।
खेलमा मनाङको तर्फबाट दिपक राई, पुजन उपरकोटी र विदेशी खेलाडी एडिलेजाले गोल गरेका थिए। संकटाका लागि विदेशी खेलाडी नोरबर्टले गोल गरेका थिए।