१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिगको ६४ वर्षे इतिहासमा नयाँ रेकर्ड कायम गर्दै मनाङ च्याम्पियन बन्यो



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा संकटालाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दुई खेल अगावै उपाधिमाथि आफ्नो कब्जा जमाएको हो ।

लिगमा मनाङले खेलेका सबै खेलमा जित हासिल गर्दै इतिहास रचेको छ । उसले ११ खेलमा सबै खेल जित्दै ३३ अंकसहित  अंक तालिकाको पहिलो स्थानमा छ। दोस्रो स्थानमा रहेको संकटाको २५ अंक छ।

खेलमा मनाङको तर्फबाट दिपक राई, पुजन उपरकोटी र विदेशी खेलाडी एडिलेजाले गोल गरेका थिए। संकटाका लागि विदेशी खेलाडी नोरबर्टले गोल गरेका थिए।