६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारीः ठगीको अभियोगमा चार जना पक्राउ अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु सवारी दुर्घटनामा पाँच जनाको मृत्यु पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गछौँ: मन्त्री श्रेष्ठ



अ+ अ-

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताउनुभएको छ । 
    
नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उहाँले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या सधँैका लागि अन्त्य गर्ने गरी समाधान गर्ने बताउनुभएको हो । 
    
मन्त्री श्रेष्ठले भन्नुभयो, “विसं २०२१ को नापीमा छुटेका, त्यसअघिदेखि आफ्नै जग्गाको भोगचलन गरेर आएका तर हातमा लालपूर्जा नभएका भूमिहीन धेरै रहेछन्, कतिपय सुकुम्बासीको समस्या यथावतै रहेछ, उपत्यकाभित्रका लालपूर्जाविहीन स्वबासीको समस्या पनि उस्तै रहेछ, यी समस्या समाधान गर्दैछु, पुस महिनाभित्र देशमा कोही पनि भूमिहीन नरहने गरी समस्या समाधान गर्ने गरी लागेको छु ।”
    
अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले खासै काम नगरेको बताउँदै अब राष्ट्रिय भूमि आयोगले नै काम गरेर गठन आदेशबाटै भए पनि समस्याको समाधान गर्ने उहाँको भनाइ छ । कानूनले छोरीका नाममा अंशको व्यवस्था गरे पनि त्यसलाई अझै कार्यान्वयनमा नल्याएको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “छोरीको नाममा पनि सम्पत्ति भन्ने कानूनलाई कार्यान्वयनमा ल्याउने छु, अहिले पनि अंशबण्डा हुँदा मालपोत कार्यालयले छोरी छ कि खोज्दैन, अब आमा, श्रीमती, छोरी पनि अंशियार कायम हुन्छन् र मालपोतले महिलालाई पनि अंशियार हकका आधारमा अंशबण्डा गर्दा छोरी खोज्ने गरी व्यवस्था गराउँछु ।”
    
कानूनको अभावले नभई इमान्दारितापूर्वक कार्यान्वयन नगर्दा संविधानले दिएको कतिपय अधिकार नपाएको बताउँदै उहाँले अब सबैको अधिकार स्थापित हुनेगरी काम गर्ने बताउनुभयो । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज दिलीप प्रजापतिले माओवादी जनताको अधिकार सुनिश्चित गर्न पछि नपर्ने बताउनुभयो । नेकपा माओवादी केन्द्र मध्यपुर नगर संयोजक विजय श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नेताहरु डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, कृष्णलाल गोजा श्रेष्ठ, प्रदीप जामुन श्रेष्ठलगायतले आगामी निर्वाचनमा माओवादीको वर्चस्व रहेन गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।