७ आश्विन २०८१, सोमबार
,
Latest
शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप कांग्रेसको संसदीय मामिला विभाग सदस्य मनोनीत जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव दुर्गा प्रसाईंलाई गैरकानूनी रुपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधन: साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको… गहना पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु पूर्वडीआईजी जोशीलाई अदालतमा उपस्थित गराइयो चिरञ्जीवीको नाम गिनिज बुकमा संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनदिने माघी मेला हुने



अ+ अ-

कञ्चनपुरको बेलौरी नगरपालिकामा थारु संस्कृति जगेर्ना गर्ने उद्देश्यले तीनदिने माघी मेलाको आयोजना हुने भएको छ ।

थारु कल्याणकारणी सभा बेलौरी नगर समितिको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २७ गतेदेखि २९ गतेसम्म बेलौरीको खुला मञ्चमा ‘थारु एकता हमार शान, शिक्षा भाषा, संस्कृति पौरहैती लैजिना हमर अभियान’ भन्ने मूल नाराका साथ प्रथम बेलौरी माघी मेला २०७५ आयोजना हुने भएको हो ।

मेलाको पहिलो दिन रक्तदान कार्यक्रम र थारु जातिको परिकार रहनसहनका साथै वेषभूषासम्बन्धी १५ वटा सांस्कृतिक कक्ष राखिने प्रचारप्रसार समितिका संयोजक कृष्ण गुम्बा चौधरीले जानकारी दिनुभयो ।

थारु जातिको परम्परागत कला संस्कृत झल्किने झाँकी, मघौटा नाच, मुङ्हरवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारको प्रस्तुति रहने प्रचारप्रसार समितिका संयोजक चौधरीले बताउनुभयो ।

उहाँका अनुसार मेला सम्पन्न गर्नका लागि रु पाँच लाख १० हजार खर्च लाग्ने अनुमान गरिएको छ । मेला १० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । रासस