१ पुष २०८२, मंगलवार
,
Latest
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, १९ घाइते जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्रोहीले युद्धबिराम उल्लङ्घन गरेको म्यान्मार सेनाको दाबी



अ+ अ-

याङ्गुन । म्यान्मारमा सक्रिय जातीय सशस्त्र समूहहरुले युद्धबिराम उल्लङ्घन गरी सरकारी सेनामाथि आक्रमण गरेको सेनाले जनाएको छ ।

गत साता सेनाले चार महिनाका लागि सङ्कटग्रस्त उत्तरी र पूर्वी क्षेत्रमा सबै सैन्य कार्यबाही स्थगन गर्ने घोषणा गरेको थियो । पर्यवेक्षकहरुका अनुसार सेनाको उक्त कदम निकै आश्चर्यजनक मानिएको छ ।

दशकौंदेखि सशस्त्र जातीय समूहसँग भइरहेको हिंसात्मक झडप रोक्ने उपायस्वरुप सेनाले जातीय समूहसँग वार्ता र युद्धबिरामका उपाय अबलम्बन गरेको छ ।

तर म्यान्मार सेनाले बिहीबार शान राज्यमा सक्रिय पृथकतावादी शान स्टेट आर्मी ९एसएसए० ले आक्रमण गरेको जनाएको छ । “आक्रमणबाट केही सैनिकको हत्या भएको छ र घाइते केही सैनिकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।”

प्रधानसेनापतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धबिरामको पालना गर्न सेना अझै पनि तयार छ र एसएसएबाट हुने आक्रमणलाई सोही अनुरुप जवाफ दिनेछ ।”

उक्त घटनका बारेमा एसएसएको कुनै प्रतिक्रिया प्राप्त भएको छैन ।

सेनाले युद्धबिरामको घोषणा गरेपनि म्यान्मारको सीमावर्ती क्षेत्रहरुमा परस्पर विरोधी सशस्त्र समूहबीच हिंसात्मक झडपहरु जारी छन् ।

पूर्वोत्तरको सबैभन्दा ठूलो जातीय सशस्त्र समूह ताउङ नेसनल लिबरेसन आर्मीका प्रवक्ता ब्रिगेडियर जनरल टार फोन क्याले परिस्थिति निकै जटिल रहेको बताउनुभयो । म्यान्मारको सेनासँग भएको युद्धबिरामको सम्मान गर्ने बताउँदै उहाँले सेना बिरुद्ध आफ्नो समूहले कुनै कारबाही नगरेको स्पष्ट गर्नुभयो ।

म्यान्मारका सीमावर्ती क्षेत्रमा बेलायतबाट ७० वर्षअघि स्वतन्त्रता प्राप्त गरेदेखि नै द्वन्द्व जारी छ । यहाँ विभिन्न सशस्त्र समूहले स्वतन्त्रता, पहिचान, स्रोतसाधन र भूगोलका निम्ति सङ्घर्ष गरिरहेका छन् ।