१ पुष २०८२, मंगलवार
,
Latest
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ आईपीएल अक्सनः ग्रिन कीर्तिमानी मूल्यमा केकेआरमा अनुबन्धित युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ



अ+ अ-

 

नारायणपुर । महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि हालसम्म मदिरा बेचबिखन र सेवन गर्न निषेध गरिएको छ ।

गाउँ युवाले मदिरा सेवन महिला हिंसा बढेको भन्दै स्थानीय दियालो महिला आमा समूह गठन गरेर मदिरा मुक्त गाउँ अभियान सञ्चालन गरिएको आमा समूहका सचिव तथा सामाजिक अभियानकर्मी हीरा बुढाले जानकारी दिनुभयो ।

“दिनमै गाउँका युवा मादक पदार्थ सेवन गरी आपसमा झगडा गर्ने र महिलामाथि हिंसा हुन थालेपछि महिला सङ्गठित भएर अभियान सञ्चालन गरेका हौँ, २०५५ सालदेखिको अभियान अहिलेसम्म टिकाएका छौँ”, हीराले भन्नुभयो ।

“बयासी घरधुरी रहेको उक्त गाउँमा मदिरा निषेधित क्षेत्र घोषणा हुनुपूर्व १४ वटा मदिरा बिक्री गर्ने भट्टी रहे पनि गाउँमा अहिले एउटा भट्टी देखिँदैन । “आमा समूहको अभियानमा हाम्रो पनि साथ हुन थाल्यो, अहिले मदिरा सेवनभन्दा यहाँका युवा सिर्जनशील कार्यमा लागेका छन्”, स्थानीय सीता बुढाले भन्नुभयो ।

मदिरा सेवन गर्ने र बिक्री वितरण गर्नेलाई रु ५०० देखि जरिवाना लगाउन शुरु गरेका महतिनियाँ गाउँका महिलाले अहिले जरिवाना शुल्क रु पाँच हजार बनाएका छन् । विसं २०५५ मा रेडियो नेपालमा सामाजिक रुपान्तरणका कुरा सुनेर प्रभावित भएका महतिनियाँ गाउँका महिला गाउँको रुपान्तरणका लागि मदिरा निषेध घोषणा गरेपछि मात्रै महिला सशक्तीकरणका धेरै अभियान सञ्चालन भएको बताउँछन् ।

पहिले मादकपदार्थ सेवन गरेर राति श्रीमती पिट्ने श्रीमान्ले अहिले स्थानीय विकासको अगुवा भएर काम गरेका छन् । कुनै सरकारी तथा गैरसरकारी संस्थाको सहयोगविना २० वर्षदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । रासस