२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनलाइन कारोबारका लागि छुट्टै खाता खोल्न नेप्सेको आग्रह



अ+ अ-

काठमाडौँ  :  नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीका लागि बैंकका अलग्गै खाता खोल्न लगानीकर्तालाई आग्रह गरेको छ ।

स्टकले पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको भए पनि राफसापका लागि धितोपत्र दलाल व्यवसायीकहाँ नै जानुपर्ने बाध्यतालाई अन्त्य गर्न छुट्टै बैंक खाता तोकिएका बैंकमा खोल्न लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी कहाँ खोलेको कारोवार खाताको व्यक्तिगत विवरण अद्यावधिक गर्न, हितग्राही खाताको सम्पूर्ण जानकारी दिन, एक हितग्राही खातामा एउटा मात्रै कारोवार खाता आबद्ध गर्नसमेत आग्रह गरेको छ ।

नेप्सेले तोकेको राफसाफ बैंकमा कारोवारका लागि अलग्गै खाता खोली धितोपत्र दलाल व्यवसायीसँग रकमान्तर गर्ने व्यवस्था मिलाउन र त्यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिने व्यवस्था गर्न लगानीकर्तालाई अनुरोध गरेको छ ।

व्यवसायीलाई अनिवार्य रुपमा आफूले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउन, तोकिएको कारोवार सदस्य ग्राहक सम्झौता गर्न, आवश्यकताअनुसार रकम जम्मा गरी व्यवसायीबाट कारोवार सीमा लिन, कारोवारबाट बाँकी रकम बैंकिङ प्रणालीबाट फिर्ता लिन व्यवसायीलाई अनुरोध गर्ने र त्यस्तो अनुरोध प्राप्त भएको २४ घण्टाभित्र रकम प्राप्त भएको सुनिश्चित गर्न, हितग्राही खातामा रहेको रकममा मात्र बिक्री गर्न सकिने र धितोमा राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्न ध्यानकर्षण गराएको छ ।

नेप्सेले यही पुस १७ गते बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोवार प्रणालीलाई थप व्यवस्थित गर्न लागेको छ । गत कात्तिक २० गतेदेखि सञ्चालनमा आएको पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीमा समस्या आएपछि थप सुधारसहित मङ्सिरको दोस्रो सातादेखि उक्त प्रणाली सञ्चालनमा ल्याएको छ । नेप्सेले कारोवारका लागि विभिन्न चार बैंकलाई तोकेका छ । त्यसमा नेपाल इन्भेस्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमइ र सिद्धार्थ बैंक छन् ।