१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य नीति यही महिनाभित्रै आउँछ: उपप्रधानमन्त्री यादव



अ+ अ-

काठमाडौं : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने जानकारी दिनुभएकाे छ । उहाँले सबै तयारी भैसकेको जानकारी दिँदै भन्नुभयाे, ‘हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं । अब आउने स्वास्थ्य नीतिले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बराबरी प्राथमिकता दिन्छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री यादवले मानसिक र शारीरीक दुवै स्वास्थ्य महत्वपूर्ण पक्ष भएको बताउँदै भन्नुभयाे, ‘शारीरिक स्वास्थ्यबारे धेरै अस्पताल छन् । डाक्टरहरु पनि छन् । सहयोग गर्ने संघसंस्थाहरु पनि छन् । तर, मानसिक स्वास्थ्यबारे हामी धेरै पछाडि छौं ।’

उहाँले किशोर किशोरीहरु खासगरी युवाहरुमा मानसिक राेग बढी देखा पर्न थालेकाे भन्दै चिन्ता व्यक्त गर्नुभयाे । यादवले भन्नुभयाे, ‘गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य अभाव, शिक्षाको अभाव र भोजनको अभावका कारण मानसिक स्वास्थ्यको समस्या देखिएको छ ।’

नेपालमा भविष्यप्रतिको अनिश्चितताको कारणलेपनि मानसिक स्वास्थ्यको समस्या देखा पर्ने गरेको र विकसित मुलुकमा भने पारिवारिक असन्तुष्टिका कारण देखिने गरेको बताउँदै मन्त्री यादवले मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि ठूलै लगानी गर्नुपर्ने अावश्यकता रहेकाे बताउनुभयाे ।

सरकारी स्वास्थ्य क्षेत्रमा अहिले दर्दनाक अवस्था रहेको जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘अस्पतालहरु छन्, तर डाक्टहरु छैनन् । ६ वर्षअघि करोडौं लगानी गरेर रौतहटमा अस्पताल बनाइएको रहेछ, पाँच वर्षदेखि छाना चुहिरहेको छ । सिरहाको अस्पतालको पनि त्यस्तै अवस्था छ ।’

जिल्ला र क्षेत्रीय अस्पतालहरुलाई सुधार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेकाे बताउँदै उहाँलेभ भन्नुभयाे, ‘राम्रो उपकरण र दक्ष जनशक्ति राख्नुपर्छ । यो तत्काल गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा कोशिश नेपालका संस्थापक अध्यक्ष मातृका देवकोटाले मानसिक स्वास्थ्यप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभएकाे थियाे । उहाँले पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढिरहेकाले यसको रोकथामका लागि सरकारले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।

प्रहरीबाट प्राप्त विवरण सुनाउँदै उहाँले भन्नुभयाे, ‘गत आर्थिक वर्षमा मात्रै पाँच हजारले आत्महत्या गरेका छन् । दिनमा १५ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्या महामारीझैं देखिएको छ । सरकारले अब समन्वय गरेर प्रभावकारी कदम चाल्नुपर्छ ।’