९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्जक केसीलाई पराक्रम बालप्रतिभा पुरस्कार



अ+ अ-

काठमाडौँ : यसअघि ‘प्रारम्भ बालप्रतिभा पुरस्कार’ को नामबाट प्रदान गरिँदै आएको र यस वर्षबाट ‘पराक्रम बालप्रतिभा पुरस्कार’ नामाकरण गरिएको बालप्रतिभा पुरस्कार यस वर्ष सर्जक दर्शन केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

साहित्यकार महेश पौड्यालद्वारा स्थापित सो पुरस्कारलाई उहाँका दिवङ्गत छोरा प्रारम्भ पौड्यालको स्मृतिमा पुनः नामाकरण गरिएको हो ।

काठमाडौँमा शुक्रबार बसेको बालसाहित्य प्रतिष्ठान नेपाल कार्यसमितिको बैठकले सुस्त मनस्थिति र विशेष शारीरिक अवस्थामा हिँड्डुल गर्न र बोल्न नसक्ने अवस्थामा रहेर पनि साहित्य सिर्जनामा सक्रिय रहेका कवि दर्शन केसीलाई वर्ष २०७५ का लागि सो प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार रू १० हजार नगद र कदरपत्र रहेको छ । पुरस्कार यही पुस १५ गते स्व पौड्यालको जन्मदिनमा वितरण गरिनेछ ।