१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बन्ने अभियानमाः मन्त्री भुसाल



अ+ अ-

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको  बताउनुभएको छ ।

दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।” २१औं शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उहाँको भनाइ थियो । 

वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ  अघि बढ्ने बताउनुभयो ।