३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

बोधी श्रवण धर्म संघले भन्यो, ‘बम्जनमाथि लगाइएका आरोपहरु कपोकल्पित हुन्’

बोधी श्रवण धर्म संघले भन्यो, ‘बम्जनमाथि लगाइएका आरोपहरु कपोकल्पित हुन्’
अ+ अ-

काठमाडौं – बोधी श्रवण धर्म संघले आफ्ना गुरु रामबहादुर बम्जनमाथि लगाइएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर आश्रममा बसेका केही मानिसहरु बेपत्ता पारिएको भन्दै आफ्नो गुरु बमजनमाथि कपोकल्पित आरोप लगाएको जिकिर गरेको हो ।

संस्थाका संस्थापक अध्यक्ष एवम् पूर्वमन्त्री मणि लामाले राम बहादुर बम्जन महासम्बोधी धर्म संघ गुरु भएको दाबी गर्नुभएकाे छ ।

उहाँले भन्नुभयाे, ‘२०७१ सालसम्म कुनैपनि चेला र चेली राख्ने, आनी बनाउने प्रचलन थिएन, आनी बन्ने प्रक्रिया २०७१ सालपछि सूरु भएको हो, त्यसको सम्पूर्ण रेकर्ड हामीसँग छ । सम्बन्धित व्यक्तिको परिवार र अभिभावकको स्वीकृति बिना कोही पनि आनी राखेका छैनौं, राख्नपनि हाम्रो धर्मले मिल्दैन, जे जति छन् त्यसको बारेमा जिम्मेवारी र संस्थाले खेल्नुपर्ने भूमिका खेल्छ, गुरु कुनै एक स्थानबाट अर्को स्थानमा जानु अगाडि नेपाल सरकारको गृहमन्त्रालय र स्थानीय प्रशासनसँग पत्राचार गरेरमात्रै भ्रमणमा निस्किनुहुन्छ, गुरुको सम्पुर्ण जानकारी नेपाल सरकारसँग छ ।’

छ वर्ष लामो तपस्यापछि महासम्बोधी गुरुको रुपमा बम्जन प्रकट भएको उल्लेख गर्दै उहाँले भन्नुभयाे, ‘अहिले उहाँमाथि कपोकल्पित र झुठा आरोप लगाएर बद्नाम गर्ने काम भएको छ, यो कुरा जायज छैन । उहाँ आत्मा र परमात्माबीचको सेतुको रुपमा चोला फेर्नुभएको हो, धमिरा लागेको शरीरमा अग्नि बलेर सेता कपडामा परिणत हुनुभएको हो । हामीलाई विश्वास छ, उहाँमाथिको आरोप पूरा भ्रम हो, सुनियोजित रुपमा प्रहार गरिएको हो।’

त्यस्तै बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य एवम् पूर्व माओवादीका नेता भूमिनन्द देवकोटाले बम्जनका बिरुद्धमा षड्यन्त्रपूर्वक प्रहार गरिएको जिकिर गर्नुभयाे ।

उहाँले भन्नुभयाे, ‘म उहाँको भक्त होइन, न म उहाँको चेला नै हो । तर, उहाँको बारेमा विद्यावारिधि गर्नको लागि म उहाँसँग नजिएको व्यक्ति हुँ, मैले जुन विश्वास गरेको छु, त्यसको आधारमा भन्नुपर्दा उहाँमाथि देशी विदेशीहरु लागेर मौलिक धर्ममाथि प्रहार हुँदैछ । उहाँ यस धर्तीमा महान मानिसको रुपमा जन्मिनुभएको छ ।’

उहाँले थप भन्नुभयाे,  ‘आफूहरुलाई पीडित भन्नेहरुलाई आश्रममा प्रवेश निषेध छैन, आनी बन्नेहरुको बारेमा सबै रेकर्ड हुन्छ, सबै जानकारी रहन्छ, यो धर्मले शून्यतावादको मान्यता मान्दछ । मानिसहरुको बीचमा रङ्ग विभेदको अन्त्य चाहन्छ, गुरु स्वयमले विवाह गर्नु भएको छ, अरुलाई पनि विवाह गर्नुहोस् भनेर भन्नुहुन्छ ।’

कार्यक्रममा संस्थाका सह–सचिव मैत्रीय केवल, पूर्व अध्यक्ष कमानसिंह लामा, केन्द्रीय सदस्य ढुण्डीराज बम्जन, जसबहादुर वाईवालगायतले बम्जनमाथि लागेका आरोपहरुको खण्डन गरेका थिए ।