६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारतको सहज जित



अ+ अ-

काठमाडौं । भारतले तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ ।

मेलबर्न क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई उसकै मैदानमा १३७ रनले पराजित गरेको हो । ३९९ रनको बिशाल चुनौती पछ्याउँदै दोस्रो इनिङ्स थालेको अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६२ रन मात्रै बनाउन सक्यो ।

घरेलु टिम अष्ट्रेलियाका लागि पट कुम्मिन्सले ६३ र साउन मार्सले ४४ रन बाहेक अन्य खेलाडीले राम्रो खेल देखाउन सकेनन् । बलिङतर्फ भारतका रविचन्द्र जडेजा र जस्प्रित बुमराहले समान ३/३ विकेट लिए । यस्तै, मोहम्मद सामी र इशान्त शर्माले समान २/२ विकेट लिए ।

यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाएको थियो ।

भारतले आफ्नो दोस्रो इनिङ्समा आठ विकेटको क्षतिमा १०६ रन बनाएपछि पारीको समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । भारतले आफ्नो पहिलो इनिङ्समा भने ४४३ रन बनाएको थियो ।

जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा २-१ को अग्रता बनाएको छ ।