१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु टोली अष्ट्रेलियाविरुद्ध भारतको सहज जित



अ+ अ-

काठमाडौं । भारतले तेस्रो टेष्ट क्रिकेट खेलमा घरेलु टोली अष्ट्रेलियालाई पराजित गरेको छ ।

मेलबर्न क्रिकेट मैदानमा सम्पन्न तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई उसकै मैदानमा १३७ रनले पराजित गरेको हो । ३९९ रनको बिशाल चुनौती पछ्याउँदै दोस्रो इनिङ्स थालेको अष्ट्रेलियाले सबै विकेटको क्षतिमा २६२ रन मात्रै बनाउन सक्यो ।

घरेलु टिम अष्ट्रेलियाका लागि पट कुम्मिन्सले ६३ र साउन मार्सले ४४ रन बाहेक अन्य खेलाडीले राम्रो खेल देखाउन सकेनन् । बलिङतर्फ भारतका रविचन्द्र जडेजा र जस्प्रित बुमराहले समान ३/३ विकेट लिए । यस्तै, मोहम्मद सामी र इशान्त शर्माले समान २/२ विकेट लिए ।

यसअघि अष्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा १५१ रन मात्रै बनाएको थियो ।

भारतले आफ्नो दोस्रो इनिङ्समा आठ विकेटको क्षतिमा १०६ रन बनाएपछि पारीको समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ३९९ रनको चुनौती पाएको थियो । भारतले आफ्नो पहिलो इनिङ्समा भने ४४३ रन बनाएको थियो ।

जितसँगै भारतले चार खेलको टेष्ट शृंखलामा २-१ को अग्रता बनाएको छ ।