१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनविरुद्ध लिभरपुलको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिओगो जोटाले दुई तथा थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे ।

घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुल अग्रता ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ५२ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुल १३ खेलमा २८ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन १४ अंकसहित १४ औं स्थानमा रहेको छ ।