२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनविरुद्ध लिभरपुलको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले सानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिओगो जोटाले दुई तथा थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे ।

घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।

३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुल अग्रता ३-० ले अघि रह्यो ।

त्यसपछि खेलको ५२ औं मिनेटमा डाइकले गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।

जितसँगै लिभरपुल १३ खेलमा २८ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन १४ अंकसहित १४ औं स्थानमा रहेको छ ।