१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते



अ+ अ-

काठमाडौं । जाजरकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आइतबार  बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराहचौर भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भै रहेको छ ।