१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको बन्दसत्र सुरु हुँदै, अध्यक्ष ओलीले नाम प्रस्ताव गर्ने



अ+ अ-

सौराहा । नेकपा एमालेको चितवनमा जारी दशौं महाधिवेशन अन्तरगतको बन्द सत्र १० बजे सुरू हुँदैछ। शनिबार ढिलो गरी सुरु भएको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीमा राख्ने सदस्यको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

आजको बन्दसत्रमा अध्यक्ष ओलीले नाम प्रस्तुत गर्ने तयारी गर्नु भएको छ । स्रोतका अनुसार अध्यक्षमा केपी ओलीले नै निरन्तरता पाउनु हुनेछ भने वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षहरुमा सुवास नेवाङ ,रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुसालको नाम प्रस्ताव गर्ने तयारी रहेको छ ।

महासचिवमा विष्णु पौडेल तथा उपमहासचिवमा शंकर पोखरेल, प्रदीप ज्ञावली र पृथ्वी सुब्बा गुरुङको नाम प्रस्ताव हुन सक्ने स्रोतले जनायो ।

यसैगरी सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह मध्ये २ र रघुबिर महासेठको नाम प्रस्ताव हुन सक्छ ।  तर आफ्नै समूहका नेताहरूले एउटै पदमा दाबी गरेपछि ओली अप्ठ्यारोमा पर्नु भएको छ ।  ओलीलाई अधिकार दिइएकोमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले असन्तुष्टि जनाउनु भएको छ ।

अर्का वरिष्ठ नेता सुवास नेम्बाङका व्यवस्थापनका बारेमा कुनै निष्कर्ष निस्किएको छैन । उहाँलाइ आगामी निर्वाचन पछि मुलुकको राष्ट्रपति बनाउने हल्ला चले पनि स्वयं नेम्बाङले त्यस्तो सहमति नभएको भन्दै खण्डन गर्नु भएको छ । उहाँले आफ्नो दाबी वरिष्ठ उपाध्यक्षमा रहेको बताउँदै आउनु भएको थियो । तर यस पदमा इश्वर पोखरेलको पनि दाबी छ ।