१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कृ’ पछि ‘हेल्लो जिन्दगी’ लिएर आउँदै अदिती



अ+ अ-


काठमाडौँ । नेपाली फिल्म जगतमा भखरै पाइला टेकेकी नायिका अदिती बुढाथोकी यतिबेला मुम्बइमा छिन् । भारतमा रहेर फिल्म जगतको ज्ञान बटुलि रहेका नायिका बुढाथोकी आफ्नो पहिलो नेपाली चलचित्र ‘कृ’मा काम गरेपछि नेपाली चलचित्र क्षेत्रबाट एका एक हराएकी थिइन् ।

अब तिनै हाराएकी नायिका बुढाथोकी दोश्रो चलचित्रमा काम गर्ने पक्का गरेकी छिन् । बुढकाथोकीले काम गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हेल्लो जिन्दगी’ रहेको नेपाली संचार माध्यमले जनाएको छ।

उक्त फिल्म ठुलो ब्यानरमा निर्माण हुने र सम्पूर्ण छायांकन यूकेमा हुने जनाएको छ । फिल्म मुलत लभ स्टोरी तथा सामाजिक कथामा निर्माण हुन लागेको चलचित्रका निर्माणपक्षले जनाएको छ । तर, यसका निर्देशक एभरेष्ट सूर्य बोहराले अदिती फाइनल भएको बिषयमा खुलेर बोल्न चाहिरहेका छैनन् ।

सफल चलचित्र ‘कृ’ पछि केहि समय खाली बसेकी अदितीले आफूलाई यो चलचित्रमा कस्तो रुपमा प्रस्तुत गर्ने हुन्, त्यो भने प्रतिक्षा गर्नुपर्ने बिषय बनेको छ। उनमा अब नयाँ र फरक धारको बिषयबस्तुमा आधारि रहेर सिने जगतमा उभिनु पर्ने समय आउको फिल्म मेकरहरुले जनाएका छन् ।