१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदीश एेरकाे अध्यक्षतामा आयोनको २१ सदस्यीय कार्यसमिति चयन



अ+ अ-

काठमाडौं : नेपाल युवा संस्था सञ्जाल (आयोन) को नयाँ कार्यसमिति चयन भएकाे छ । देशभरका युवा संस्थाहरूको छाता संस्था आयोनको शनिबार सम्पन्न महाधिवेशनबाट जगदीश ऐरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

हेटौँडामा सम्पन्न आयोनको १३ औँ साधारण सभा तथा सातौँ महाधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तुलसीराम चौलागाईं, ७ जना प्रदेश उपाध्यक्ष,  महासचिवमा निरज बाग, सचिवमा सञ्जय कुशवाह र कोषाध्यक्षमा जित बहादुर खड्का निर्वाचित भएको आयोनले जनाएको छ।

‘संविधानले प्रत्यायोजित गरेका युवाका हक अधिकार कार्यान्वयनका लागि संस्थाका तर्फबाट निरन्तर खबरदारी गर्नेछौं’, नवनिर्वाचित अध्यक्ष ऐरले भन्नुभयाे, ‘युवालाई अधिकार मात्र होइन, कर्तव्यप्रति पनि जिम्मेवार बनाउन हामीले अभियान सञ्चालन गर्छौं।’

आयोनमा ४४ जिल्लाका ९२ युवा संस्था आवद्ध छन्। सन् २००५ मा स्थापित संस्थाले युवाहरूको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धान लगायतका कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।