३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जगदीश एेरकाे अध्यक्षतामा आयोनको २१ सदस्यीय कार्यसमिति चयन



अ+ अ-

काठमाडौं : नेपाल युवा संस्था सञ्जाल (आयोन) को नयाँ कार्यसमिति चयन भएकाे छ । देशभरका युवा संस्थाहरूको छाता संस्था आयोनको शनिबार सम्पन्न महाधिवेशनबाट जगदीश ऐरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

हेटौँडामा सम्पन्न आयोनको १३ औँ साधारण सभा तथा सातौँ महाधिवेशनले कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तुलसीराम चौलागाईं, ७ जना प्रदेश उपाध्यक्ष,  महासचिवमा निरज बाग, सचिवमा सञ्जय कुशवाह र कोषाध्यक्षमा जित बहादुर खड्का निर्वाचित भएको आयोनले जनाएको छ।

‘संविधानले प्रत्यायोजित गरेका युवाका हक अधिकार कार्यान्वयनका लागि संस्थाका तर्फबाट निरन्तर खबरदारी गर्नेछौं’, नवनिर्वाचित अध्यक्ष ऐरले भन्नुभयाे, ‘युवालाई अधिकार मात्र होइन, कर्तव्यप्रति पनि जिम्मेवार बनाउन हामीले अभियान सञ्चालन गर्छौं।’

आयोनमा ४४ जिल्लाका ९२ युवा संस्था आवद्ध छन्। सन् २००५ मा स्थापित संस्थाले युवाहरूको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धान लगायतका कार्यहरू सञ्चालन गर्दै आइरहेको छ।