२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय बिमा कम्पनीको सिइओका लागि कम्पनीले गर्यो विज्ञापन



अ+ अ-

काठमाडौंः राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्न कम्पनीले खुला विज्ञापन गरेको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताका आधारमा सिइओ नियुक्त गर्न विज्ञापन गरिएको र त्यसका लागि १५ दिनभित्र आवेदन गर्न सूचनामा जनाइएको छ ।

बिमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्याँक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्षको अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

साथै दरखास्त पेश गर्ने तर शर्तलिस्टमा परेका उम्मेदवारले व्यवसायिक कार्ययोजना समेत पेश र प्रस्तुतीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।