१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय बिमा कम्पनीको सिइओका लागि कम्पनीले गर्यो विज्ञापन



अ+ अ-

काठमाडौंः राष्ट्रिय बिमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्न कम्पनीले खुला विज्ञापन गरेको छ ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताका आधारमा सिइओ नियुक्त गर्न विज्ञापन गरिएको र त्यसका लागि १५ दिनभित्र आवेदन गर्न सूचनामा जनाइएको छ ।

बिमा, व्यवस्थापन, वित्त, लेखा, अर्थशास्त्र, वाणिज्य शास्त्र, कानुन, गणित, तथ्याँक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बिमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वा वित्तीय क्षेत्रमा भए आठ वर्षको अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्ने सूचनामा उल्लेख छ ।

साथै दरखास्त पेश गर्ने तर शर्तलिस्टमा परेका उम्मेदवारले व्यवसायिक कार्ययोजना समेत पेश र प्रस्तुतीकरण गर्नुपर्ने व्यवस्था रहेको छ ।