२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द १०० हिरोज अफ मधेश’कार्यक्रमको घोषणा



अ+ अ-

काठमाडौं – मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार एक समारोहको वीच‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

मधेशीपत्रकार समाजद्वारा मधेशकालागि योगदानदिने एक सय जना व्यक्तित्वलाई सम्मान गरिने भएको छ । मधेशभित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशकालागि योगदानदिने सय जनाको पहिचान गरी सम्मान गरिने कार्यक्रम सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार कुन्दनअर्यालको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मोहन सिंहसहितका पदाधिकारीले ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

‘द १०० हिरोज अफमधेश’ कार्यक्रममा जनवरीभरी नोमीनेशन गर्ने, फरवरीमा भोटिङ्ग र मार्चमा छानिएर आएका हिरोलाई अवार्ड गर्ने कार्यक्रमरहेको अध्यक्ष सिंहले बताए ।

विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको व्यक्तित्वलाई खोजी र अनुसन्धानको काम सुरु गरिसकेका छौं’ अध्यक्ष सिंहले भने, ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङ् गराई तथा ५० जनाको खोजीगरि अवार्ड गर्नेछौं ।

अध्यक्ष सिंहका अनुसार बिभिन्न १० विधाका १०÷१० जनालाई सम्मान तथा अवार्ड गर्ने लक्ष्य रहेको छ । आर्थिक, शैक्षिक, कृषि,सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट मधेशका लागि योगदान दिएकाहरुको छनौट गरी ‘मधेशको हिरो’ संज्ञा दिदैं सम्मान गरिने भएको छ । यस कार्यक्रमका सम्पूर्ण गतिविधी‘द १०० हिरोज अफमधेश’को फेसबुक पेजबाट सार्वजनिक हुने अध्यक्ष सिंहले जानकारी दिए।

कार्यत्रममा प्रधानमन्त्री केपीशर्मा ओलीका सल्लाहकार डा. कुन्दन अर्याल, कान्तिपुर दैनिकका पत्रकार दिनेश यादव, आर्थिक मामिलाका जानकार भाष्कर ठाकुर, अधिवक्ता सुनिल रंजन सिंहलगायत राजनीतिकर्मी, समाजिक अभियन्ता, पत्रकार तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।