३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द १०० हिरोज अफ मधेश’कार्यक्रमको घोषणा



अ+ अ-

काठमाडौं – मधेशबाट एक सयजना हिरोलाई सम्मान तथा अवार्ड गर्ने कार्यक्रमको घोषणा भएको छ । संघीय राजधानीको थपाथली क्याम्पसमा मंगलबार एक समारोहको वीच‘द १०० हिरोज अफ मधेश’ नामक कार्यक्रमको घोषणा गरि कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

मधेशीपत्रकार समाजद्वारा मधेशकालागि योगदानदिने एक सय जना व्यक्तित्वलाई सम्मान गरिने भएको छ । मधेशभित्रका तथा बाहिर विश्वको कुनै पनि ठाउँबाट मधेशकालागि योगदानदिने सय जनाको पहिचान गरी सम्मान गरिने कार्यक्रम सार्वजनिक भएको छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीका प्रेस सल्लाहकार कुन्दनअर्यालको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष मोहन सिंहसहितका पदाधिकारीले ‘द १०० हिरोज अफ मधेश’ कार्यक्रम रुपरेखा सार्वजनिक गरिएको हो ।

‘द १०० हिरोज अफमधेश’ कार्यक्रममा जनवरीभरी नोमीनेशन गर्ने, फरवरीमा भोटिङ्ग र मार्चमा छानिएर आएका हिरोलाई अवार्ड गर्ने कार्यक्रमरहेको अध्यक्ष सिंहले बताए ।

विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको व्यक्तित्वलाई खोजी र अनुसन्धानको काम सुरु गरिसकेका छौं’ अध्यक्ष सिंहले भने, ५० जनालाई नोमिनेसनको माध्यमले भोटिङ् गराई तथा ५० जनाको खोजीगरि अवार्ड गर्नेछौं ।

अध्यक्ष सिंहका अनुसार बिभिन्न १० विधाका १०÷१० जनालाई सम्मान तथा अवार्ड गर्ने लक्ष्य रहेको छ । आर्थिक, शैक्षिक, कृषि,सामाजिक, पत्रकारिता, युवा, उद्योगी, महिलाबाट मधेशका लागि योगदान दिएकाहरुको छनौट गरी ‘मधेशको हिरो’ संज्ञा दिदैं सम्मान गरिने भएको छ । यस कार्यक्रमका सम्पूर्ण गतिविधी‘द १०० हिरोज अफमधेश’को फेसबुक पेजबाट सार्वजनिक हुने अध्यक्ष सिंहले जानकारी दिए।

कार्यत्रममा प्रधानमन्त्री केपीशर्मा ओलीका सल्लाहकार डा. कुन्दन अर्याल, कान्तिपुर दैनिकका पत्रकार दिनेश यादव, आर्थिक मामिलाका जानकार भाष्कर ठाकुर, अधिवक्ता सुनिल रंजन सिंहलगायत राजनीतिकर्मी, समाजिक अभियन्ता, पत्रकार तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।