२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानले भने, ‘संजय दत्तका कारण अहिलेसम्म अविवाहित छु’



अ+ अ-

५३ वर्षको उमेरमा पनि अझैं अविवाहित रहेका सलमान खानले आफ्नो विवाह संजय दत्तका कारण हुन नसकेको खुलासा गरेका छन् ।

उनले यसबारे कपिल शर्मा सो सिजन टुमा भनेका हुन् । कपिल शर्मा एकपटक पुनः आफ्नो कमेडी शो लिएर प्रशंसकबीच उपस्थित भइसकेका छन् । यही कार्यक्रमको एउटा क्लिप सार्वजनिक भइरहेको छ जसमा सलमान खानले संजय दत्तका कारण आफ्नो अहिलेसम्म विवाह हुन नसकेको बताइरहेका छन् ।

उक्त कार्यक्रममा सलमानले कपिललाई एउटा किस्सा सुनाइरहेको देखिन्छन् । उनले भनिरहेका छन्, ‘एकपटक सञ्जु बाबाले मलाई विवाह गर्नुपर्छ भनेर सम्झाइरहेका थिए । त्यतिबेला उनको फोनको घण्टी बज्यो र उनी एक सेकेन्ड भनेर त्यहाँबाट गए । त्यसपछि मलाई थाहा भयो कि विवाह गर्नु कति गाह्रो छ ।’

सलमानको यो कुरामा कपिल र त्यहाँ उपस्थित सबै दर्शक मज्जाले हाँस्न थाले । कपिल शर्माको शो सोनी टेलिभिजनमा सुरु भइसकेको छ जुन शनिबार–आइतबार राती साढे ९ बजे हेर्न सकिन्छ ।

एजेन्सी