३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीमा संलग्न तीनजना पक्राउ



अ+ अ-


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्र विगत सात महीनादेखि विभिन्न चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला औरही गाउँपालिका–१ का २१ वर्षीय मोहम्मद इलियाकत राइन, उपमहानगरपालिका–४ महावीर चोकका २२ वर्षीय अभिमन्युकुमार साह र महोत्तरी जिल्ला औरही नगरपालिका–३ सोनामाईका १८ वर्षीय रमेशकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख गोविन्द थपलियाले पक्राउ परेकाले ग्यास प्रयोग गरी सटर काटेर चोरी गर्ने गरेको बताउनुभयो । पक्राउ गरिएकाबाट सामसुङ्ग ५५ इन्चको एलइडी एक, ल्यापटप एक, मोबाइल छ, खुकुरी एक थान, सुनजस्तो देखिने दाना छ, सुनजस्तो देखिने टीकाको टुक्रा सात, कानमा लगाउने सुनजस्तो देखिने झुम्का एक जोर बरामद गरिएको छ ।
चाँदीजस्तो देखिने कानमा लगाउने झुम्का एक जोर, सुनजस्तो देखिने सिक्री एक, चाँदीजस्तो देखिने कटोरा एक, चाँदीजस्तो देखिने पाउजू एक, मोती सेट भएको बाला एक, ढोका र झ¥यालमा लगाउने पर्दा १०, अक्सिजन ग्यास सिलिण्डर एक, ग्यास रेगुलेटर एक, ग्यास पाइप फलामको एक, फाइटर एक थान, ग्यास पाइप एक रिङ्ग र पाउजू एक जोर पनि बरामद गरिएको जनाइएको छ ।
बरामद गरिएका सामानमा जिल्ला प्रहरी कार्यालयमा जेठ महीनादेखि मङ्सिर महीनासम्म जाहेरी भएको नौ वटा चोरीका घटनाका सामानसमेत रहेको बताइएको छ ।

रासस