५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु

सिरियामा विद्रोही समूहबीच झडप, १९ को मृत्यु
अ+ अ-

 


बेरुत । उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदा आबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो झडपका क्रममा आफ्ना पाँच लडाकू मारिएको एचटीएसले सोमबार पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखाडा लक्षित भीषण आक्रमण सुरु गरिसकेको पनि बताएको छ ।

बेलायतसँग आवद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुई जना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताउनुभएको छ । यस झडपमा अन्य ३५ जना घाइते भएको उहाँले बताउनुभएको छ ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रुपमा रहेको छ । एनएलएफ टर्की आवद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधा भन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ ।

सिरियाका सन् २०११ को मार्च महिनामा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो युद्धमा हजारौंको सङ्ख्यामा जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसगरी यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौं लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।

रासस