५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

लेखापढी पेशामा महिला

लेखापढी पेशामा महिला
अ+ अ-

दमक । पुरुषको वर्चश्व रहेको लेखापढी काममा महिलाहरुको संलग्नता दिनानुदिन बढ्न थालेको छ ।

दमक आसपासका सरकारी कार्यालयमा सेवाग्राहीका सुविधाका लागि लेखापढी काम गर्ने महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । प्रायः पुरुष मात्र देखिने यस्ता लेखापढी क्षेत्रमा पढेलेखेका महिलाले पनि रोजगारीको क्षेत्र बनाउन थालेका हुन् । दमकको मालपोत र नापी कार्यालयमा लेखापढी पेशा गरी आउने महिलाको सङ्ख्या डेढ दर्जनका हाराहारीमा पुगेको छ । व्यक्ति वा संस्थागत रुपमा आवश्यक पर्ने सरकारी कागजपत्र तयार गर्ने, प्रतिलिपि लिने तथा कागजात दुरुस्त छ छैन भनेर हेर्ने लगायतका काममा लेखापढी गर्ने महिलाको संख्या बढ्दै गएको पाइएको हो ।

भद्रपुरस्थित मालपोत र नापीमा पनि लेखापढी काम गर्ने महिला दुई दर्जन जति छन् । दुई, चार वर्षका अवधिमा सो सङ्ख्या पुगेको दमकस्थित मञ्जुश्री लेखापढी फर्मकी सञ्चालिका मञ्जु सञ्जेल ९भण्डारी०ले बताउनुभयो । त्यहाँ उहाँले एक जना सहयोगी राखेर तीन वर्षदेखि आफ्नै फर्म खोलेर सेवाग्राहीको कामकाजमा सेवा दिँदै आउनुभएको छ । अदालतबाट लेखापढी गर्न अनुमति लिनुपर्ने कानूनी प्रावधान भएको यस पेशामा उहाँले सात वर्षअघि देखि काम शुरुआत गर्नुभएको हो ।

बिएडसम्म अध्ययन गर्नुभएका ३७ वर्षीया मञ्जुले स्वरोजगार बन्नका लागि यो पेशा रोजेको बताउनुहुन्छ । अड्डा अदालतमा पेश गरिने सरकारी कागजपत्र लेख्ने इच्छा र गाउँघरमा नै स्वरोजगार बन्नुपर्छ भन्ने उत्साहले गर्दा यस पेशामा आर्कषित भएको मञ्जुको भनाइ छ । उहाँ भन्नुहुन्छ, “गरिखानका लागि थालेको यस पेशाबाट घरायसी जोहो टार्न मद्दत पुगेको छ ।”

लेखापढीबाट दैनिक प्राप्त हुने पारिश्रमिकबाट दुई छोराको उच्च शिक्षा अध्ययनमा समेत सघाउ पुगेको उहाँ बताउनुहुन्छ । यही पेशाले एउटा छोरा कम्प्युटर सफ्टवेयर इञ्जिनीयरङ र एउटालाई कक्षा ११ मा पढाउन पनि सहयोग पुगेको मञ्जुको भनाइ छ ।

लेखापढी गर्ने पेशाकर्मीको सङ्गठन नेपाल लेखापढी तथा कानून व्यवसायी सङ्घ जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका मञ्जुले लेखापढी क्षेत्रमा महिला खासै आउन नसकेको बताउनुहुन्छ । “कागजपत्र बोकेर कुदिरहनु पर्ने कामकाज भएकाले पनि खासै महिला यो क्षेत्रमा काम गर्न मान्दैनन्” उहाँले भन्नुभयो, “सेवाग्राहीले पनि यी महिलाले काम गर्लान् कि भन्ने झट्टै विश्वास गर्देनन् ।”

दमक–६ मा बस्नुहुने उहाँ लेखापढीमा महिलालाई पनि ल्याउन सबै क्षेत्रको सहयोग गर्नुपर्ने आवश्यक देख्नुहुन्छ । सेवाग्राहीको काम गरेबापत निश्चित पारिश्रमिक लिनुपर्ने यस पेशामा महिलालाई प्रोत्साहित गर्न खाँचो भएको उहाँको भनाइ छ । तर, अहिले भने विस्तारै लेखापढीमा संलग्न महिलाहरुप्रति विश्वास बढ्न थालेको यस पेशामा संलग्नहरुको अनुभव छ ।

नापी र मालपोत कार्यालयमा कामको अनुभव संगाल्नुभएका कमला भण्डारी, देवी पोख्रेललगायतका पुराना व्यवसायीले पनि विगतका वर्षजस्तो महिलाले काम गर्न सक्दैनन् भन्ने भ्रम हट्दै गएको बताउनुहुन्छ । कमलाले भन्नुभयो, “महिला लेखापढी गर्ने विश्वासिला हुन्छन् भनेर सेवाग्राहीले पनि खोजेर नै लेखापढी गर्न आउन थाल्नुभएको छ”, उहाँले पनि लेखापढी गरेर घरायसी जोहो टार्न मद्दत पुग्दै आएको अनुभव सुनाउनुहुन्छ ।

लेखापढी पेशामा पनि महिला आकर्षण बढ्दै जानु राम्रो भएको दमकस्थित एलआइसी इन्सोरेन्स कम्पन्नी लिमिटेड दमक शाखा प्रबन्धक डिके दास बताउनुहुन्छ । “महिला हरेक क्षेत्रमा व्यावसायिक रुपमा आर्कषित हुनुपर्छ”, उहाँले समाजले पनि यस्ता महिलालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । नापी र मालपोतमा लेखापढी गर्ने फर्मको सङ्ख्या यस क्षेत्रमा तीन दर्जन पुगेको छ । ती फर्ममा एक सय हाराहारी लेखापढीमा संलग्न व्यक्ति भएको नेपाल लेखापढी तथा कानून व्यवसायी सङ्घ एकाइ समिति दमकले जनाएको छ ।
रासस