३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारका कैदीबन्दी आयमूलक काममा



अ+ अ-

ललितपुर । नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् ।

झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताउनुभयो ।

कैदीबन्दी पटक÷पटक सरुवा भइरहने हुनाले बाहिरका व्यवसायीले कच्चापदार्थमा धेरै लगानी गर्न चाहँदैनन् । कारागारभित्रै कुनै पनि व्यवसाय छैन र तालीम पनि पर्याप्त छैन । उहाँले भन्नुभयो, “एक वर्षमा रु एक दुई लाखको तालीमले मात्रै उनीहरूलाई दक्ष पनि बनाउँदैन ।”

कारागारमा रहेका कैदीबन्दीले अहिले पोते उन्ने, मुढा बनाउने, सिलाइ गर्ने, सारीमा पिको गर्ने काम गरिरहेका छन् । सीप भएका कैदीबन्दी आफैँले फर्निचर खोलेर काम गरिरहेको उहाँले बताउनुभयो । कारागारको पुनःनिर्माण भइरहँदा त्यो काममा पनि भित्रकै कैदीबन्दी लागेका छन् । उहाँले भन्नुभयो, “अझै धेरै किसिमका काम ल्याउने हो भने धेरैलाई संलग्न गराउन सकिन्छ ।”

कारागारका कैदीबन्दी काममा संलग्न भइरहँदा उनीहरू र कारागार दुबैका लागि राम्रो हुने कारागार प्रशासनले जनाएको छ । यहाँका धेरै कैदीबन्दी काममा संलग्न हुँदा उनीहरूसँग खाली समय हुँदैन र झैझगडाको सम्भावना कम हुन्छ ।