५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो

इथियोपियाः आर्थिक विकासको चेपुवामा इतिहास मेटियो
अ+ अ-

आदिस अबाबा । इथियोपियाको राजधानी आदिस अबाबा निवासी बर्हानु मेगिट्सुको सयौं वर्ष पुरानो, त्रिकोणीय पर्खालले घेरिएको पारिवारिक भवनले इथियोपियाकै राजा महाराजा र सरकारहरुको उदय र अस्त देखेको छ ।

यसले आर्थिक गतिहीनता र तीव्र जनसंख्या वृद्धि देखे–भोगेको छ । कुनै समय धनाढ्य यहाँका मानिसहरुको जीवन एकाएक झुपडीको भीडमा परिणत भएको उहाँलाई हिजोजस्तै लाग्छ ।

तर अहिले यो एक्लो भवन झारपातले घेरिएको छ । घरको जस्तापाताले छाएको छानामा खिया लागेको छ र रातो प्लास्टर फिका भइसकेको छ । यही भवनको सामुन्ने टावर क्रेनले काम गरिरहेका र चम्किला अग्ला भवनहरु ठडिन थालेका छन् ।

सरकारले विकासका नाममा सडक, ढल र भवन बनाउन यस्ता पुराना भवनहरु रातारात ढालेको छ ।

बर्हानुकै जस्ता कुनै समयका आलीशान महलहरु आदिस अबाबमा अद्यापी जताततै भेट्न सकिन्छ । यी भवनहरु बादशाही दरबारी र विदेशी धनाढ्य व्यापारीका लागि बनाइएका थिए । तर, आजभोलि अधिकांश यी भवनहरुलाई सरकारले बिल्कुलै महत्व दिन छाडेको छ । सरकारको ध्यान केबल अग्ला भवन निर्माणमा छ ।

“आजभोलि तपाइँले देख्ने अधिकांश भवन युरोपेली कलाकौशल अनुसार बन्न थालेका छन्,” सामान आपूर्ति गर्ने एक कम्पनीमा कार्यरत व्यवस्थापक बर्हानुले बताउनुभयो । उहाँको परिवार सात पुस्तादेखि त्यही पुरानो घरमा बसिरहेको छ ।

राजधानीका पुराना, गरिब घरपरिवारका घरहरु ठूला, अग्ला भवन ठड्याउन भत्काइएका छन् । अफ्रिकाकै सबैभन्दा गरिबीको चपेटामा परेको इथियोपिया सरकारले भवन निर्माणलाई उच्च प्राथमिकता दिएको छ, र यसैलाई तिब्र आर्थिक विकासको मानक बनाएको छ ।

तर संरक्षणकर्मीहरुको चिन्ता के छ भने राजधानीको कलाकौशलले भरिपूर्ण सम्पदालाई मासेर अन्धाधुन्ध विकासको नाटक मञ्चन गरिएको छ । “ऐतिहासिक भवनहरुको संरक्षण गर्न र बचाउन ज्यादै कम प्रयत्न गरिएको छ, र यस बारेमा असाध्यै सीमित मात्रामा मात्र छलफल भइरहेको छ,” सुपरिचित वास्तुविद् फासिल जिओरघिसले बताउनुभयो । “मानिसलाई ऐतिहासिक भवनहरु संरक्षण गर्नुपर्छ भन्ने शिक्षा समेत दिइएको छैन ।”

आदिस अबाबा नगर सम्राट मेनेलिक द्वितीयले १९औं शताब्दीमा स्थापना गर्नुभएको थियो । उहाँले इथियोपियाली राज्यलाई विस्तार गरी ठूलो क्षेत्रमा रुपान्तरित गर्नुभएको थियो । यो सहर विस्तारै मेनेलिक सरकारका सदस्यहरुका सुन्दर घरहरुले भरिभराउ भएको थियो । तीमध्ये एक बर्हानुका पुर्खा येम्तु बेजनास पनि थिए ।

मेनेलिकको सन् १९१३ मा निधन भयो । उहाँले आर्मेनियाली इन्जिनियरलाई आदिस अबाबाको निर्माणमा प्रयोग गर्नुभएको थियो । यहाँ व्यापारका लागि भारतीय र यमेनीहरु आइरहन्थे ।

आदिस अबाबाको महानगरीय सभ्यता सन् १९७४ मा एकाएक समाप्त भयो । डर्ग सैनिक शासकको उदय भएसँगै उनले इथियोपियाली राज्य भताभुङ्ग बनाए ।

डर्गको शासन शुरु भएसँगै कसरी आदिस अबाबा ध्वस्त भयो भन्ने तस्वीर फासिलको आँखै अघि अद्यापी छ । विदेशी व्यापारीहरु यहाँबाट रातारात भागेका थिए । बामपन्थी विचारधाराका डर्गले व्यापारीका घरजग्गा गरिब भूमिहीनलाई बाँडिदिए । उनीहरुले माटोले बनेका पर्खाल र काठका भुँइ भएका घरको मर्मत सम्भार गर्न सकेनन्, जानेनन् ।

इथियोपियाली पिपुल्स रिभोलुसनरी डेमोक्रेटिक फ्रन्ट ९इपीआरडीएफ० ले डर्गलाई सन् १९९१ मा सत्ताच्यूत ग¥यो । त्यसयता यही दलले इथियोपियामा शासन चलाइरहेको छ । खुला आर्थिक नीति अपनाएका कारण तीव्र आर्थिक विकास भइरहेको छ ।

आर्थिक विकासको सम्भावना बढेसँगै चिनीया र अन्यत्रका ठेकेदारहरु इथियोपियामा भेला भएका छन् । उनीहरुले यहाँ भिमकाय भवनहरु निर्माण गरिहेका छन् ।

वास्तुकलामा रुची राख्ने माहेडेर गेब्रेमेधिन भन्नुहुन्छ, पुराना भवनमा ध्यान नदिनुको मुख्य कारण नै लागत र पुनर्निर्माणको जटिलता हो । साथै, पुरानो सत्तामाथिको वितृष्णा अर्को कारक हो ।

“वैचारिक परिवर्तनका कारण यी भवनहरुलाई जोगाउनेतर्फ कसैमा खासै चासो छैन,” माहेडेरले बताउनुभयो ।
सरकारी र निजी दाताहरुले औंलामा गन्न सकिने केही भवनको सफलतापूर्वक पुनर्निर्माण गरेका छन् । त्यसमा, मेलेलिकको राजदरबार र पूर्व रक्षामन्त्रीको भवन समेत पुनर्निर्माण गरिएका छन् । यी दुबै भवनलाई सङ्ग्रहालयमा रुपान्तरण गरिएको छ ।

तर नगर अधिकारीहरुले सम्पदा सूचीमा सूचीकृत ४४० वटामध्येका अधिकांश भवनको अवस्था नाजूक छ । “विकासशील मुलुक भएका कारण यी सबै संरचनालाई पुनर्जीवन दिने क्षमता र स्रोतसाधन हामीसँग छैन,” आदिस अबाबाको पर्यटन कार्यालयका प्रवक्ता ओर्कु मेन्गेसाले बताउनुभयो ।

एक दशकअघि विदेशी राजदूतावासहरु र इथियोपियाली संरक्षणकर्मीहरुले मोहम्मोदाली भवन पुनर्निर्माण गर्ने प्रयत्न गरेका थिए । यो भवन कुनैबेला धनाढ्य भारतीय व्यापारीको स्वामित्वमा थियो । यो भवन भारतीय र अरेबियाली वास्तुकलाको सम्मिश्रण गरी बनाइएको थियो ।

तर, फासिलको भनाइमा इथियोपियाको कर्मचारीतन्त्र र तुच्छ निर्माण व्यवसायीका कारण यो प्रयत्न असफल भयो ।

बर्हानुको आशा छ, आफ्नो पारिवारिक इतिहास राष्ट्रिय इतिहास नै बनोस् । उहाँ आफ्नो घरलाई सङ्ग्रहालयमा रुपान्तरण गर्न चाहन्छन् । उहाँको घर पारिवारिक तस्वीर र विरासतका अन्य सामानले भरिभराउ छ ।

“यो हाम्रो मात्र सम्पत्ति होइन । यो सबै इथियोपियाली र आदिस अबाबाका जनताको हो,” उहाँले भन्नुभयो । उहाँ नगर पदाधिकारी र सरकारले यसमा सहमति जनाउने विश्वास गर्नुहुन्छ ।