• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द ★   जबज मौकाप्रस्थको माध्यम होइन: अध्यक्ष ओली ★   राशिद खानः शरणार्थी शिविरमा बसे, युट्युबबाट बलिङ सिके, हाल टी–२० सुपरस्टार ★   ‘वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’ ★   सिधाकुराको ‘फेक अडिओ’ प्रकरणमा प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध थप २ कसुरमा मुद्दा दर्ता ★   स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल ★   सुनचाँदीको पर्याप्त आपूर्ति गर्न दिन व्यवसायीहरुको माग

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु




काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मङ्गलबार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–२७ जमलमा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको पहिचान नखुलेको प्रहरीले आज जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान डेरा गरी बस्ने धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बानियाँको कोठाबाट मङ्गलबार करीब रु एक लाख ५० हजार बराबरको सुनका गरगहना चोरी भएको छ । काठमाडौँ बस्दै आएका सोलुखुम्बुका सञ्जीव गुरुङको कोठाबाट करीब रु एक लाख छ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले आज जानकारी दिएको छ ।
रासस