![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ ।
नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जन सहित, २०७४० को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर) , डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई काङ्ग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो । रासस